एमालेबाट निर्वाचित वडाध्यक्षलाई जबर्जस्ती करणीको आरोप



बाँके ।

बढैयाताल गाउँपालिका–३ का वडाअध्यक्ष लल्लन यादवविरुद्ध एक जना महिलाले जबर्जस्ती करणी गरेको भन्दै प्रहरी समक्ष जाहेरी दिइएकी छन् ।

इलाका प्रहरी कार्यालय, मैनापोखरका प्रहरी निरीक्षक कमल क्षेत्रीले करिब २९ वर्षीया महिलालाई वडाध्यक्ष अहिरले जबर्जस्ती करणी गरेकोले कारबाहीका लागि जाहेरी दिएको जानकारी दिए ।

प्रहरी निरीक्षक क्षेत्रीले वडाध्यक्ष यादव जाहेरी दर्ता हुनासाथ फरार रहेको बताए । उनको मोबाइल स्वीच अफ भएको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । आरोपित वडाध्यक्ष गत बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा नेकपा एमालेबाट विजयी भएका थिए ।

 

  • No tags available
प्रकाशित मिति : २०७९ भदौ २० गते सोमबार