कोहलपुर (बाँके) ।
कोहलपुर हार्डवेयर व्यवसायी संघ बाँकेले शनिबार बृहत् रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
‘रगत अभावले गर्दा बिरामीले अकालमै ज्यान गुमाउनु नपरोस्’ भन्ने मूल नाराका साथ शनिबार कोहलपुर हार्डवेयर व्यवसायी संघ बाँकको आयोजना तथा नेपाल रेडक्रस सोसाइटीको समन्वयमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमका प्रमुख अतिथि कोहलपुर ईलाका प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी नायब उपरीक्षक (डिएसपी) ऐनबहादुर मल्ल र कोहलपुर हार्डवेयर व्यवसायी संघका अध्यक्ष श्रीकुमार उप्रेतीको संयोजत्वमा कार्यक्रम गरिएको थियो । उक्त कार्यक्रममा डिएसपी मल्लले रक्तदान जस्तो महान् कार्य गरेकोमा प्रशंसा गरे । शनिबार गरिएको रक्तदानले केही बिरामीको ज्यान बच्ने उनले विश्वास व्यक्त गरे ।
प्रत्येक स्वस्थ्य व्यक्तिले तीन÷तीन महिनामा रक्तदान गर्न सक्ने भन्दै उनले यसबाट कुनै बेफाइदा नहुने बताए । समाज परिवर्तनका लागि हार्डवेयर व्यवसायी संघ बाँकेले चलाएको अभियानलाई निरन्तरता दिन उनका आग्रह छ ।
रगत अभावमा कोही कसै बिरामीले रगत अभावमा ज्यान गुमाउन नपरोस् भनेर रक्तदान कार्यक्रम गरिएको कोहलपुर हार्डवेयर व्यवसायी संघ बाँकेका अध्यक्ष उप्रेतीले जनाए । ‘सेवा नै धर्म हो । रगत दान गर्दा जीवन मरणको क्षणमा रगत मुत्युको मुखबाट एकजनाको व्यक्तिलाई बचाउन सकिन्छ भने त्यस्तो पुण्य कर्म ठूलो धर्म हो,’ उनले भने, ‘रगत सबैजनाले दान गर्नुपर्छ ।’
कार्यक्रममा ५५ जनाले रक्तदान गरेका छन् । कार्यक्रमको संयोजक संघका सचिव रवीन बस्नेत, कोषाध्यक्ष श्रीधर घिमिरेले गरेका थिए । त्यस्तै कार्यक्रमको सञ्चालन भने महासचिव लोकेन्द्र बुढा क्षेत्रीले गरेका थिए ।









प्रतिक्रिया दिनुहोस्