कोहलपुरमा अभिलाषीको एकल कविता वाचन



नेपालगन्ज ।

कवि नविन अभिलाषीको एकल कविता वाचन सम्पन्न भएको छ ।

पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुरले आयोजना गरेको एकल कविता वाचन कार्यक्रममा कवि अभिलाषीले करिब एक दर्जन कविता वाचन गरे । उनले ‘शून्यको सुरुवात’, ‘बाको पुरानो चप्पल’, ‘सहर पसेको छोरो’, ‘मलामी’, ‘नयाँ शासक’, ‘रातो गंगा’ लगायतका कविता वाचन गरे ।

केही समयअघि ‘मौलामा बाँधिएको राँगो’ कविता संग्रह प्रकाशनमा ल्याएका अभिलाषीका कविता वाचन कार्यक्रममा सहभागी टिकट काटेर कविता सुन्न पुगेका थिए ।

अभिलाषीका कवितामाथि बोल्दै लेखक नरेन्द्रजंग पिटरले उनका कवितामा अहिलेको समयको संवेदना भरिएको बताए । उनले पश्चिमको साहित्यिक अभियानमा कोहलपुरको समाजले टिकट किनेर कविता सुन्दै नयाँ कीर्तिमान कायम गरेको बताए ।

पछिल्लो समय बाँकेमा कविता श्रवणका कार्यक्रमहरु आयोजना हुने क्रम बढेको छ । भदौ २५ गते शनिबार नेपालगन्जमा डा. निरज भट्टराईको एकल कविता वाचन कार्यक्रम आयोजना गरिएको छ । मध्यपश्चिम श्रष्टा समाजले उक्त कार्यक्रम आयोजना गर्न लागेको हो ।

  • No tags available
प्रकाशित मिति : २०७९ भदौ २० गते सोमबार