कोहलपुर ।
नेपाली कांग्रेस बाँकेले मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभाको चुनावमा उम्मेदवारका आकांक्षीको नाम सिफारिस गरेको छ । बाँके क्षेत्र १, २ र ३ का आकांक्षीको नाम जिल्लामा सिफारिस गरिएको हो । त्यस्तै क्षेत्र नम्बर २ को प्रदेश ख तर्फका उम्मेदवारको नाम पनि सिफारिस भएको
छ ।
क्षेत्र नम्बर २ को प्रतिनिधिसभा प्रत्यक्ष र समानुपातिकसँगै प्रदेशसभा २ क को प्रत्यक्ष र समानुपातिक बाँकी छ । पार्टी केन्द्रीय कमिटीको निर्देशनअनुसार जिल्ला कमिटी मातहतका कमिटीले प्रत्यक्ष र समानुपातिकतर्फका उम्मेदवारको नाम सिफारिस गरिएको नेपाली कांग्रेसले जनाएको छ । बाँकेमा प्रतिनिधिसभाका तीन र ६ वटा प्रदेश निर्वाचन क्षेत्र छन् ।
सोहीअनुसार प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ को प्रत्यक्ष र समानुपातिक र प्रदेशसभाका ‘क’ र ‘ख’का प्रत्यक्ष र समानुपातिकतर्फका उम्मेदवार सिफारिस गरिएको हो । प्रतिनिधिसभा क्षेत्र नम्बर १ बाट प्रत्यक्षतर्फ नेपाली कांग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेल, माधवराम खत्री र हुर्मत न्यौपाने सिफारिस भएका छन् । समानुपातिकतर्फ नारायणप्रसाद सिग्देल, लुटबहादुर केसी र द्रोपती ओलीलाई सिफारिस गरिएको हो ।
बाँकेको प्रदेश सभा १ ‘क’ का सभापति लक्ष्मण थारुका अनुसार प्रत्यक्षतर्फ लाहुराम थारु, पोषणराज केसी, यमबहादुर खड्का, संगीताकुमारी थारु, देवबहादुर खाँण (ठकुरी), कृष्णप्रसाद पौडेल, सविना ओली, रामकुमार राँढ, हरिशंकर पाण्डे, गुरुबच्चन यादव, कान्छा थारु, दीपेन्द्रकुमार पाण्डे र मानबहादुर खड्काको नाम सिफारिस गरिएको छ ।
त्यस्तै प्रदेश सभा १ ‘क’ बाट समानुपातिकतर्फ सभापति लक्ष्मण थारु त्यसैगरी रामचन्द्र मौर्य, दीपनारायण बर्मा, डिल्ली रावत, हर्षवर्धन चौधरी, रामानन्द शर्मा, तिला परियार, जुगलाल थारु र मोलहे आर्य धोबी सिफारिसमा परेका हुन् । प्रदेशसभा १ ‘ख’ को सदस्यका लागि प्रत्यक्ष र समानुपातिक गरी २० जनाको नाम सिफारिस भएको छ ।
जसमा प्रत्यक्षमा नौजना र समानुपातिकतर्फ ११ जना छन् । प्रदेशसभा सदस्यका लागि प्रत्यक्षतर्फ सिफारिस हुनेमा उपसभापति कृष्णबहादुर कार्की, जिल्ला सचिव सञ्जुकुमारी थारु, क्षेत्रीय प्रतिनिधिसभा चक्रबहादुर अधिकारी, जयसिंह केसी, महासमिति सदस्य चिन्तामणि धिताल, चुडामणि कँडेल, फुलाराम थारु, महाधिवेशन प्रतिनिधि लक्ष्मणराज पौडेल र लुम्बिनी प्रदेश सदस्य एवम् महाधिवेशन प्रतिनिधि टेक नारायण भुसाल छन् ।
यस्तै, समानुपातिकतर्फ लुम्बिनी प्रदेश सदस्य अञ्जना पाण्डे, महाधिवेशन प्रतिनिधि कृष्णबहादुर विक, क्षेत्रीय प्रतिनिधिहरु गुट्टु थारु र जागेश्वरप्रसाद थारु, क्रियाशील सदस्य कृष्णबहादुर पुन र धनऋषि शर्मा छन् भने पूर्व क्षेत्रीय सदस्य पूर्णकला सापकोटा शर्मा, महाधिवेशन प्रतिनिधि भानुभक्त भट्टराई, पूर्व महासमिति सदस्य मीना सिग्देल, प्रदेश ‘ख’ का उपसभापति डा. राजकुमार सुवेदी, क्षेत्रीय प्रतिनिधि लोकबहादुर दमाईको नाम सिफारिस भएको छ ।
क्षेत्र नम्बर २ ले पनि टुंग्यो
नेपाली कांग्रेस बाँकेअन्तर्गत रहेका समितिले सम्पूर्ण निर्वाचन क्षेत्रमा उम्मेदवार सिफारिस टुंग्याएका छन् । तीन प्रतिनिधिसभा र ६ प्रदेशसभा रहेको बाँकेमा नेपाली कांग्रेसले सबै क्षेत्रमा प्रत्यक्ष र समानुपातिकतर्फ उम्मेदवारको नाम सिफारिस गरेको हो ।
यसभन्दा अघि क्षेत्र नम्बर १ र ३ का उम्मेदवार सिफारिसको टुंगो लगाइ सकेको थियो भने शुक्रबार कांग्रेस क्षेत्र नम्बर २ ले प्रत्यक्षतर्फ तीन र समानुपातिकतर्फ १३ जनाको नाम सिफारिस गरेको छ । योसँगै नेपाली कांग्रेस बाँकेले सबै प्रतिनिधि र प्रदेशसभामा उम्मेदवारको नाम सिफारिस गरेको छ । सिफारिस हुनेमा पूर्वमन्त्रीदेखि पूर्व जिल्ला सभापतिसम्म छन् ।
प्रतिनिधिसभाअन्तर्गत प्रत्यक्षतर्फ सिफारिस हुनेमा नेपाली कांग्रेस बाँकेकी पूर्वसभापति किरण कोइराला रहेकी छन् । उनी स्वर्गीय सुशील कोइरालाकी भाइबुहारी बुहारी हुन् । यस्तै क्षेत्र नम्बर २ का क्षेत्रीय सचिव सुनिलसिंह हमाल र तरुण दल बाँकेका अध्यक्ष तथा युवा नेता वीरेन्द्रबहादुर शाहको नाम पनि सिफारिस गरिएको क्षेत्रीय सभापति रमेशकुमार गुप्ताले बताए । यसअघि प्रत्यक्षमा प्रत्यक्षमा आंकाक्षा देखाएका पूर्वमन्त्री गजेन्द्र हमाल भने समानुपातिकको एक नम्बरमा सिफारिस भएका छन् ।
यस्तै केन्द्रीय सदस्य मैकुलाल बाल्मिकी, संविधानसभा सदस्य अब्दुल हमिदसिद्दीकी (भोला), साबरा बेगम रहेका छन् । यस्तै मधेसीतर्फ बन्दना सिंह, त्रिलोकी गिरी, आदिवासी जनजातितर्फ रवीन्द्रमान श्रेष्ठ, अपांग÷अल्पसंख्यकतर्फ डा. सुरेशकुमार कनोडिया, रामु चिडिमार, राकेश श्रीवास्तव तथा खसआर्यतर्फ अजितकुमार शर्मा, रमा उपाध्याय, कमला भट्टको नाम सिफारिस भएको हो ।
यस्तै प्रदेशसभातर्फ क्षेत्र नम्बर २ (क) ले प्रत्यक्षतर्फ सातजना र समानुपातिकतर्फ १३ जनाको नाम सिफारिस गरेको छ । प्रत्यक्षतर्फ रमेशकुमार गुप्ता, सुधांशु कोइराला, विजयकुमार यादव, सचिन्द्रकुमार चौधरी, मंगलप्रसाद बर्मा, खिमबहादुर बुढाथोकी र गोपालप्रसाद अधिकारी सिफारिसमा परेका छन् । यस्तै समानुपातिकतर्फ रेणु सिंह ठाकुर, लालमाया क्षेत्री, रत्न राणा, प्रदेश कमिटी सदस्यद्वय प्रमेश्वरी पाठक, कृष्णा सापकोटा चौधरी र मीनाकुमारी बोहरा (सिद्दीकी) लाई सिफारिस गरिएको छ ।
समानुपातिक पुरुषतर्फ हलिम खाँ, कुमार अधिकारी, हनिफ खाँ, पूर्णसिंह ठकुरी, लक्ष्मण सिंह, श्यामबहादुर थापा मगर र इश्वरीप्रसाद ज्ञवाली सिफारिस भएका छन् ।
प्रतिनिधिसभा क्षेत्र नम्बर ३
क्षेत्र नम्बर ३ बाट कांग्रेसका शीर्ष नेतासहित ११ जना सिफारिसको नाम सिफारिस भएको छ । क्षेत्रीय कार्यसमिति क्षेत्र नम्बर ३ ले सोही क्षेत्रमा समानुपातिकतर्फ नौजनाको नाम सिफारिस भएको छ । क्षेत्रीय सभापति मोहम्मद नक्की खाँले प्रतिनिधिसभातर्फ प्रत्यक्षतर्फबाट नेपाली कांग्रेसका केन्द्रीय उपसभापति पूर्णबहादुर खड्का, सहमहामन्त्री किशोरसिंह राठौर र केन्द्रीय सदस्य डा. आरजु राणा देउवाको नाम उम्मेदवारका लागि सिफारिस गरिएको हो ।
डा. राणा प्रधानमन्त्री शेरबहादुर देउवाकी श्रीमती हुन् । उनको नाम प्रत्यक्षतर्फ नै कैलाली क्षेत्र नम्बर ५ बाट सर्वसहमत सिफारिस भएको छ भने उपसभापति खड्को नाम सुर्खेत १ बाट सर्वसम्मतरुपमा सिफारिस भइसकेको छ । यस्तै समितिले जिल्ला तहका नेताहरुको नाम पनि सिफारिस गरेर पठाएको उनले बताए । बादशाह कुर्मी, आशा विक, मेघराज ओली, लक्ष्मणनारायण शाह, मोहम्मद नक्की खाँ, देवबहादुर खत्री, उत्तमराज घिमिरे र तेजेन्द्र कँडेलको नाम पनि सिफारिस गरिएको छ ।
समानुपातिकमा कांग्रेस बाँकेका पूर्वसभापति कृष्णमान श्रेष्ठसहित कृष्ण विके रसाइली, हरिभक्त उप्रेती, गगनबहादुर विक, अनिता योगी, शेरबहादुर गुरुङ, अर्जुन पाण्डे, पुष्पा विक र चक्रबहादुर मल्ल सिफारिसमा परेका छन् । यस्तै प्रदेशसभा क्षेत्र नम्बर ‘क’ मा प्रत्यक्ष र समानुपातिक गरी कूल १६ जनाको नाम सिफारिस गरिएको छ ।
जसमध्ये प्रत्यक्षतर्फ नौ र समानुपातिकतर्फ सातजना छन् । प्रत्यक्षतर्फ सिफारिस हुनेहरुमा कपीलदेव शर्मा, चन्नाराम थारु, केशवकुमार शाह, टेकप्रसाद काफ्ले ‘आषिश’, देवबहादुर केसी, टिकाराम उपाध्याय, शरद रेग्मी र रामबहादुर विष्ट छन् । समानुपातिकतर्फ भावना थारु, कृष्णप्रसाद सापकोटा, दशरथ थारु, पवनकुमार थारु, श्रीदेवी थारु, नाज्मा खातुन, कोकिला शर्मा र कमला हमालको नाम सिफारिस गरिएको छ ।
प्रदेशसभा क्षेत्र नम्बर ‘ख’ प्रत्यक्षतर्फ ६ र समानुपातिकमा नौजनाको नाम सिफारिस गरिएको छ । प्रदेश सभा ३ ‘ख’ बाट प्रत्यक्षतर्फ दुखिराम लोनिया, रामेश्वर कँडेल, राजेन्द्र आचार्य, देउफल यादव, दयाराम यादव र बोदिलाल न्यौपाने सिफारिसमा परेका छन् । यसैगरी समानुपातिकतर्फबाट भीमबहादुर विक, रमेशकुमार सिँजाली, नरबहादुर खड्का, धर्मराज सुनार, मोहम्मद कमाल अन्सारी, रामचन्द्र गुप्ता छन् । यस्तै उमा थापा मगर, चिनुमाया कुँवर र झुपकली मगर (झुकमाया) महिला कोटाबाट सिफारिसमा परेको प्रदेश सभा ३ ‘ख’ का सभापति राजेन्द्र आचार्यले बताए ।
प्रदेशसभा क्षेत्र नम्बर २ ‘ख’ सातजना र समानुपातिकतर्फ सबैभन्दा धेरै २५ जनाको नाम सिफारिस गरेको छ । प्रदेश सभापति जितेन्द्रबहादुर हमालले प्रत्यक्षतर्फ सुरेन्द्र हमाल, निरञ्जन सिंह सिँजापति, सुदीपनरसिंह राणा, उमा थापामगर, सुदीप भट्ट, गोकर्णबहादुर शाही र सञ्जीवकुमार थानीलाई सिफारिस गरिएको बताए । यस्तै समानुपातिकतर्फ २५ जनाको नाम सिफारिस भएको छ ।
सभापति हमालले प्रतिनिधिसभाको प्रत्यक्ष र समानुपातिक तथा प्रदेशसभा क्षेत्र नम्बर २ ‘क’ को प्रत्यक्ष र समानुपातिकतर्फ उम्मेदवार टुंगो लगाउने अन्तिम तयारीमा रहेको बताए ।
देउवाको छनोट श्रीमती की विश्वास पात्र ?
पूर्व गृहमन्त्री पूर्णबहादुर खड्का नेपाली कांग्रेसका उपसभापति मात्र होइनन्, उनलाई छाया प्रधानमन्त्री भन्ने गरिन्छ । पार्टी र सरकारमा खड्काले छायाको रुपमा महŒवपूर्ण भूमिका निर्वाह गर्दै आएका छन् । खड्का प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाका विश्वास पात्र मानिन्छन् । प्रतिनिधिसभाको निर्वाचनका लागि उनै खड्काको नाम शेरबहादुरकी पत्नी आरजु चुनाव लड्ने भनिएको निर्वाचन क्षेत्रबाट नाम सिफारिस भएको छ ।
देउवा श्रीमती र विश्वास पात्रको नाम एकै निर्वाचन क्षेत्रबाट सिफारिस भएपछि यहाँको राजनीतिक झन रोचक बनेको छ । देउवलाई श्रीमती आरजु वा विश्वास पात्र खड्कालाई छनोट गर्लान्, यो चर्चाको विषय बनेको छ । देउवाका लागि दुवै उत्तिकै आवश्यक छन् । उनीसँगै अर्का विश्वास पात्र तथा नेपाली कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठोर पनि यही क्षेत्रबाट नाम सिफारिस भएको छ । उनको निर्वाचन क्षेत्र बर्दिया भए पनि उनले सहजताका लागि बाँके क्षेत्र नम्बर ३ रोजेका हुन् ।
बाँके क्षेत्र नम्बर ३ मा केन्द्रीय नेताहरुको आवश्यकताका आधारमा उहाँहरु (पूर्णबहादुर, आरजु र किशोरसिंह) को नाम सिफारिस गरिएको नेपाली कांग्रेस बाँके क्षेत्र नम्बर ३ का सभापति महोम्मद नक्की खाँले बताए । ‘यस निर्वाचन क्षेत्रमा केन्द्रीय नेताको आवश्यकता थियो, हामीले सिफारिस गरेर पठायौं,’ उनले भने, ‘अब केन्द्रीय तहबाट कसको नाममा टिकट आउँछ, उहाँलाई उम्मेदवार बनाएर निर्वाचनमा जान्छौं ।’
प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेस उपसभापति पूर्णबहादुर खड्का आफ्नो निर्वाचन क्षेत्र छाडेर बाँकेबाट चुनाव लड्दै छन् । बाँकेको क्षेत्र नम्बर ३ बाट उनको नाम सिफारिस भएको छ ।









प्रतिक्रिया दिनुहोस्