कोहलपुर बसपार्कका संरचना असोज मसान्तसम्म खाली गरिने (निर्णयसहित)



कोहलपुर  : कोहलपुर बसपार्क क्षेत्रमा रहेका संरचना असोज मसान्तसम्म खाली गर्ने सहमति भएको छ ।

बुधबार कोहलपुर नगर विकास समितिको अगुवाईमा बसेको सर्वदलीय तथा सर्वपक्षीय बैठकमा असोज मसान्तसम्म नगर बिकास समिति भित्रका संरचना खाली गर्ने सहमति बनेको हो ।


सर्वदलीय तथा सर्वपक्षीय बैठकमा असोज मसान्तसम्म नगर बिकास समिति भित्रका संरचना खाली गर्न बसपार्क सुधार समिति समेत सहमत भएपछि अतिक्रमित संरचना हटाउने बर्षौंदेखिको प्रयास सफल हुने भएको नगर प्रमुख आचार्यले बताए ।

उनका अनुसार समितिले असोज मसान्तसम्म संरचना खाली गराउने निर्णय गरिएको हो । उनले त्यहाँ रहेका १३ जना विपन्न परिवारलाई अन्य ठाउँमा नगर विकास समितिले नै व्यवस्थापन गर्ने पनि निर्णय भएको उनले बताए ।

  • No tags available
प्रकाशित मिति : २०७९ भदौ १५ गते बुधबार