दाङ ।
दाङमा चट्याङले लागेर मृत्यु भएका २ किशोरीको नाम खुलेको छ।
घोराही उपमहानगरपालिका १२ गुर गाउँमा मंगलबार बेलुकी चट्याङले लागेर स्थानीय १६ वर्षीया दीपा घर्ती र १९ वर्षीया मनीषा शाहको मृत्यु भएको हो।
घाइते ९ जनामध्ये २ जनाको अवस्था गम्भीर रहेको स्थानीयले जनाएका छन्। घाइतेहरूलाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान (दाङ) लगिँदै गरेको घटनास्थलमा रहेका वडाध्यक्ष दोर्णबहादुर बहकरीले टेलिफोनमा जानकारी दिए।
दाङका प्रहरी प्रवक्ता डीएसपी राजन गौतमका अनुसार घटनास्थल पुग्न गाडीबाट झरेर ४ घण्टा हिँड्नुपर्छ। फोन सम्पर्क हुनसमेत गाह्रो छ।
प्रकाशित मिति : २०७९ भदौ १५ गते बुधबार









प्रतिक्रिया दिनुहोस्