कोहलपुर : कोहलपुर नगर विकास समितिले कोहलपुर नगरपालिकामा रहेका अवैध संरचना भत्काउन थालेको छ । लामो समयदेखि सार्वजनिक जग्गा अतिक्रमण गरेर अवैध रुपमा व्यवसाय गरिरहेका व्यक्ति र संस्थाहरुको संरचना भत्काउन सुरु गरिएको हो ।

सोमबार नगर विकासले कोहलपुरको न्युरोड चोकमा रहेका अवैध संरचना भत्काएको छ । आजै कोहलपुर बसपार्कमा समेत संरचना भत्काउने प्रयास नगर विकास समितिले गरेको छ ।

सोही अनुसार डोजर समेत त्यहाँ पुगेको थियो । तर, त्यहाँ लामो समयदेखि व्यवसाय गर्दै आएका व्यक्तिहरुले अवरोध गरेका छन् ।उनीहरुले नगर विकास समितिले आफूहरुलाई विकल्प दिनुपर्ने अडान लिएका छन् ।

अहिले कोहलपुर बसपार्क तनावग्रस्त छ । त्यहाँ ठूलो संख्यामा नेपाल प्रहरी र शसस्त्र प्रहरी परिचालन गरिएको छ ।

स्थानीयहरुले अवरोध गरिरहेका छन् । यस अघि स्थानीयले डोजरमाथि ढुंगोमुढा गरेका थिए । उनीहरु लाठी बोकेर बसिरहेका छन् ।
यस्तो छ त्यहाँको अवस्था

फोटोहरु : शुभाकर विश्वकर्मा र गणेश रावत









प्रतिक्रिया दिनुहोस्