27 May 2024  |   सोमवार, जेष्ठ १४, २०८१

आजबाट अतिक्रमित संरचना भत्काउँदै कोहलपुर नगर विकास

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, भदौ १३, २०७९  

कोहलपुर ।

कोहलपुर नगर विकास समितिको जग्गा अतिक्रमण गरि बनाइएका घर टहरा आजदेखि भत्काउन सुरु गरिने भएको छ । त्यसको लागि आवश्यकीय तयारी पूरा भइसकेको नगर विकास समिति स्रोतले जनाएको छ ।

अतिक्रमण गरि बनाइएका घर टहरा भत्काउनको लागि सोमबार बिहानै न्यूरोड चोकमा जेसीबी पुगिसकेको छ । ‘आवश्यक तयारी पूरा भइसकेको छ । जेसीबी समेत फिल्डमा पुगिसकेको छ’ स्रोतले भन्यो, ‘बिहानैदेखि पानी परिरहेकोले केही ढिलाई भएको हो । पानी कम हुने वित्तिकै भत्काउन सुरु हुन्छ ।’

नगर विकास समितिका अध्यक्ष समेत रहेका कोहलपुर नगरपालिकाका प्रमुख पूर्णप्रसाद आचार्यसहितको टोली घर टहरा भत्काउन आफैं फिल्डमा खटिन थालेको छ ।

न्यूरोडबाट सुरु गरेर नगरका विभिन्न भागका रहेका संरचना भत्काएर जानै नै छोटो दुरीको बसपार्क भित्र रहेका टहरा समेत भत्काइने बताइएको छ । नगर विकास समितिले यसअघि नै ३५ दिने र ३ दिने सूचना प्रकाशित गरिसकेको छ ।

प्रकाशित मितिः सोमवार, भदौ १३, २०७९     8:24:26 AM  |