खजुरामा भोली तीज महोत्सव हुँदै



खजुरा ।

खजुरामा बृहत् तीज महोत्सव–२०७९ हुने भएको छ । हिन्दु नारीहरुको महान् पर्व हरितालिका तीजको अवसरमा यही १४ गते खजुरामा बृहत् तीज महोत्सव हुने भएको हो । खजुरा क्षेत्र संरक्षण समिति खजुराको आयोजनामा बृहत् तीज महोत्सव हुने भएको आयोजकले शनिबार पत्रकार सम्मेलन गरी जानकारी गराएको छ ।

हरेक वर्ष झै यस वर्ष पनि खजुराको लक्ष्मी नारायण मन्दिर अगाडि बृहत् तीज महोत्सव आयोजना गर्न लागिएको खजुरा क्षेत्रको संरक्षण समितिका अध्यक्ष दुर्गालाल विश्वकर्माले बताए । विगत दुई वर्षदेखि कोभिड–१९ (कोरोना भाइरस) का कारण खजुरा क्षेत्रमा तीज महोत्सव हुन सकेको थिए । कोरोना भाइरस न्यूनीकरण भएपछि यस वर्ष तीजको दिन आम जनमानसमा हुने हर्ष, उल्लासलाई भव्य बनाउन तीज महोत्सव कार्यक्रमको आयोजना गरिएको उनले बताए ।

नृत्य प्रतियोगितामा सामूहिक तथा एकल नृत्य प्रस्तुत गर्न सकिने आयोजक खजुरा क्षेत्रको संरक्षण समितिका सचिव प्रेम बुढाथोकीले जानकारी दिए । ‘तीज महोत्सवले खजुरा क्षेत्रमा सामाजिक एकता, सहिष्णुता, सद्भाव, र सहकार्यको विस्तार गर्नमा सहयोग पु¥याउनेछ,’ उनले भने, ‘युवाहरुको माझ खजुरा क्षेत्रको मौलिक, सांस्कृतिक, मूल्य मान्यता आदिलाई चिनाउँदै भावी पुस्तालाई मौलिक सांस्कृतिक, मूल्य मान्यता आदिलाई उचित ज्ञान हस्तान्तरण गर्न खजुरा क्षेत्रमा हरेक वर्ष बृहत् तीज महोत्सव गरिने गरिएको थियो ।’

महोत्सवमा सामूहिक तथा एकल नृत्यमा भाग लिने प्रथम, द्वितीय, तृतीय र सान्त्वनालाई पुरस्कृत गरिने आयोजकले जनाएको छ । प्रथम, द्वितीय, तृतीय र सान्त्वनालाई क्रमशः १० हजार, सात हजार, चार हजार र सान्त्वनालाई एक हजार नगद प्रदान गरिनेछ ।

  • No tags available
प्रकाशित मिति : २०७९ भदौ १३ गते सोमबार