साताको पहिलो दिन तोलामा सात सयले घट्यो सुनको मूल्य



काठमाडौं ।

नेपाली बजारमा आज सुनको मूल्य तोलामा सात सय रुपैयाँले घटेको छ। साताको पहिलो कारोबार दिनमा सुनको मूल्य ठूलो रकमले ओरालो लागेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९५ हजार १०० कायम भएको छ। आज तेजाबी सुन तोलामा ९४ हजार ६०० रुपैयाँ कायम भएको छ।

आज चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी तोलामा १५ रुपैयाँले घट्दै एक हजार १६० रुपैयाँ कायम भएको छ।

  • No tags available
प्रकाशित मिति : २०७९ भदौ १२ गते आइतबार