26 May 2024  |   सोमवार, जेष्ठ १४, २०८१

बाँकेमा सामान्य बढ्यो मजदुरको ज्याला

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, भदौ ११, २०७९  

बाँके ।

जिल्लामा ज्यालामजदुरी तथा श्रम गर्ने श्रमिकको ज्याला बढाइएको छ । प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीको अध्यक्षतामा बसेको बैठकले चालु आर्थिक वर्ष २०७९/८० का लागि दररेट निर्धारण गरेको हो ।

जिल्ला प्रशासन कार्यालय बाँकेले सार्वजनिक खरिद नियमावली, २०६४ को परिच्छेद १५ को नियम १४८ (१) बमोजिम जिल्ला दररेट निर्धारण समितिको बैठकले निर्णय गरेको आधारमा दररेट निर्धारण गरेको हो । बैठकको निर्णयानुसार, सिकर्मी, डकर्मी, चित्रकार, बज्रकर्मी, रोलर र ग्रेडर अपरेटरको प्रतिदिन प्रतिव्यक्ति ज्याला आठ सय ४० बाट बढाएर नौ सय ९२ पु¥याइएको छ ।

बैठकले अर्धदक्ष कामदारको ज्याला सात सय चारबाट बढाएर आठ सय ३२, ज्यामीको पाँच सय ९० बाट बढाएर ६ सय २६, वेल्डरको सात सय ९० बाट बढाएर आठ सय तीन तथा सहायक वेल्डरको ६ सय ८० बाट बढाएर सात सय २२ ज्याला तोकेको छ ।

यस्तै कुचिकारको ज्याला पाँच सय २५ बाट बढाएर पाँच सय ५७ र चौकीदारको पाँच सय ९० बाट बढाएर ६ सय २६ कायम गरिएको छ ।

नेपाली सिमेन्ट पिसीसीको प्रतिबोरा ६ सय ८० र नेपाली ओपिसी सिमेन्टको प्रतिबोरा मूल्य सात सय ८० कायम गरिएको छ ।

 

प्रकाशित मितिः शनिबार, भदौ ११, २०७९     9:45:57 AM  |