बाँसगढी ।
बाँसगढीमा रहेको ऊँ केदारेश्वर धाम (ट्रष्ट) को अध्यक्षमा कृष्णप्रसाद बास्तोला विजयी भएका छन् । धामको नयाँ कार्यसमितिको लागि भएको निर्वाचनमा बास्तोला विजयी भएका हुन् । लिलाधर शर्मालाई ४५ मत अन्तरले हराउँदै धामका कार्यबहाक अध्यक्षसमेत रहेका बास्तोला अध्यक्षमा विजयी भएका थिए ।
विजयी बास्तोलाले दुई सय तीन र पराजित भएका शर्माले एक सय ५८ मत ल्याएका थिए । वरिष्ठ उपाध्यक्षमा देवकी नन्दन त्रिपाठी, महिला उपाध्यक्षमा प्रतिमा शर्मा पौडेल र खुला उपाध्यक्षमा हरि पौडेल विजयी भएका छन् ।
महासचिवमा विष्णुप्रसाद पौडेल चयन भएको निर्वाचन समितिका संयोजक निराजन चापागाईले जानकारी दिए । सचिवमा टिकाराम बास्तोला, कोषाध्यक्षमा रामचन्द्र लामिछाने र धामको लेखा समिति संयोजकमा गणेशबहादुर विष्ट निर्वाचित भएको बताइएको छ ।
खुला सदस्यमा रामचन्द्र अधिकारी, गोविन्दप्रसाद तिमिल्सीना, तिर्थराज पौडेल, देविलाल तिमिल्सीना, गोविन्दप्रसाद शर्मा, लोकराज पौडेल, दिलु पौडेल, युगराज अधिकारी, ढाकाराम ढकाल र घमान अधिकारी निर्वाचित भएका छन् ।
महिला सदस्यमा गायत्री पौडेल, सरिता न्यौपाने, मैनाकुमारी धिताल, निरुता बुढा, कल्पना सुवेदी, अम्बिकाकुमारी ढकाल, मिना रिजाल क्षेत्री र शारदा कुमारी चौधरी विजयी भएका थिए । लेखा समिति सदस्यमा कल्पना सापकोटा चयन भइन् । चार सय २७ मतदाता रहेको धाममा तीन सय ६५ जनाले मतदान गरेका थिए ।









प्रतिक्रिया दिनुहोस्