27 May 2024  |   सोमवार, जेष्ठ १४, २०८१

दाङ प्रहरीको प्रमुखमा एसपी वीरबहादुर ओली

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, भदौ ९, २०७९  

काठमाडौं ।

नेपाल प्रहरीका ५ जना प्रहरी उपरीक्षक (एसपी) हरुको काज सरुवा भएको छ ।

प्रहरी महानिरीक्षक (आईजीपी) धिरज प्रताप सिंहको बुधबारको निर्णय अनुसार ५ जना एसपीको काज सरुवा भएको हो । सरुवा सूचीअनुसार जिल्ला प्रहरी कार्यालय दाङको जिम्मेवारी एसपी वीरबहादुर ओलीलाई दिइएको छ ।

त्यस्तै सुरेश प्रसाद काफ्लेको अपराध अनुसन्धान विद्यालय महाराजगन्ज काठमाडौं, महेन्द्र खड्काको बागमती प्रदेश प्रहरी गण हेटौंडा मकवानपुर, सन्तोष सिंह राठौरको नेपाल प्रहरी केन्द्रिय विशेष कार्यदल काठमाडौं र खड्क बहादुर खत्रीको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरामा काज सरुवा गरिएको छ ।

को-कहाँ पुगे ? हेर्नुस् सूची :

प्रकाशित मितिः बिहिबार, भदौ ९, २०७९     8:58:21 AM  |