कोहलपुर: कोहलपुर नगरपालिका अन्तर्गत झण्डहवा चोकमा अज्ञात समूहले बीच सडक मै शंकाष्पद वस्तु राखेको भेटिएको छ । कोहलपुर नेपालगन्ज सडक खण्ड अन्तर्गत रहेको सडकको बीच भागमा उक्त वस्तु भेटिएको हो । उक्त स्थानमा अहिले नेपाल प्रहरीले घेरा हालेको छ । त्यहाँको सुरक्षा व्यवस्था कडा पारिएको छ ।

इलाका प्रहरी कार्यालय कोहलपुरका डियसपी रविन्द्र खनालले अज्ञात समूहले बोतलमा रातो कपडाले बेरेर वरीपरी घाँस राखेको अवस्थामा भेटिएको बताए । उनका अनुसार त्यहाँ नेपाल प्रहरी पुगिसकेको छ ।
त्यसको व्यवस्थापनका लागि नेपाली सेनासँग समन्वय भइरहेको उनले बताए । यस्तै कोहलपुरको किरण नालामा समेत त्यस्तै वस्तु भेटिएको मल्लको भनाइ छ । आफू त्यसतर्फ गइरहेको उनले बताए ।

विभिन्न चार दलले आह्वान गरेको बन्दको बाँकेमा पनि देखिएको छ । नेपालगन्ज र कोहलपुरमा विहानैदेखि सवारी साधन चलेका छैनन् भने, शैक्षिक संस्थासमेत बन्द गरिएका छन् ।









प्रतिक्रिया दिनुहोस्