सुनको मूल्य फेरि घट्यो, मंगलबार प्रतितोला ९५ हजार रुपैयाँमा कारोबार हुँदै



काठमाडौं।

तीज पर्व नजिकिँदै गर्दा सुनको लगातार घट्न थालेको छ। साताको दोस्रो दिनका तुलनामा मंगलबार सुन तोलामा ३ सय रुपैयाँले घटेको छ।

बजार मूल्य प्रतितोला ९५ हजार निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यसअघि २ सय घट्दा सोमबार कारोबार मूल्य प्रतितोला ९५ हजार ३ सय रुपैयाँ थियो। गत शुक्रबार र आइतबार सुन प्रतितोला ९५ हजार ५ सय रुपैयाँमा स्थिर थियो।

चाँदीमा सामान्य गिरावट छ। ५ रुपैयाँ घट्दा मंगलबार प्रतितोला ११ सय ६० रुपैयाँ भएको छ। सोमबार पनि तोलामा ५ रुपैयाँले घटेको थियो।

अन्तर्राष्ट्रिय बजारमा मंगलबार सुनको मूल्य ८ डलरले घट्दै प्रतिऔंस १७३७.४१ डलरमा कारोबार भइरहेको छ। चाँदी प्रतिऔंस १८.९३ डलर छ। सोमबार सुन प्रतिऔंस १७४४.८२ डलर र चाँदी १९.०५ डलरमा कारोबार भएको थियो।

  • No tags available
प्रकाशित मिति : २०७९ भदौ ७ गते मंगलबार