27 May 2024  |   सोमवार, जेष्ठ १४, २०८१

रक्सी खाएर साथी साथीमा झगडा हुँदा एकको मृत्यु, तीनजना पक्राउ

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, भदौ ५, २०७९  

काठमाडौं ।

साथीको कुटपिट गरी हत्या गरेर फरार भएका तीन जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भोजपुरको हतुवागढी गाउँपालिका ९ हसनपुर घर भई हाल काठमाडौंको महांकाल बस्ने १९ वर्षीय बिमल राई, १८ वर्षीय जितेन राई, १९ वर्षिय सन्जय राई रहेको छन् ।

उनीहरुले शनिबार राति साढे ९ बजे आफनै कोठामा भोजपुरको हतुवागढी गाउँपालिकाका पातालेपानी घर भइ काठमाडौंको महांकाल २७ वर्षीय सामेलुङ्ग राई ,२६ वर्षीय मनोज राईसँग बसेर मादक पदार्थ सेवन गरेका थिए ।

त्यसपछि एक आपसमा बिवाद भइ झगडा हुँदा मनोज राई घाइते भएका थिए । कुटपिटबाट गम्भीर घाइते भएका राईको उपचारको लागि चावहित स्थित हेल्पिङ्ग हेल्प हस्पिटल लगिएको थियो ।

उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । राई महांकालमा फल्स सिलिङ्ग मिस्त्री काम गर्थे ।

कुटपिट गरेर फरार भएका उनीहरुलाई प्रहरी राति ११ बजे गौरीघाटबाट पक्राउ गरेको हो । घटनाको थप अनुसन्धान प्रहरी वृत्त बौद्धबाट भइरहेको छ ।

 

प्रकाशित मितिः आइतवार, भदौ ५, २०७९     9:38:47 AM  |