१४ वर्षीया बालिका बलात्कार गरेकाे आराेपमा एक पक्राउ



कैलाली ।

कैलालीमा बालिका बलात्कार गरेकाे आराेपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ। चुरे गाउँपालिका-६ का २६ वर्षीय दोगेन्द्र विष्टलाई पक्राउ गरेकाे प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार विष्टले १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोप छ। आफ्नै खेतबारीमा घाँस काट्ने क्रममा बालिकालाई जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ।

प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

  • No tags available
प्रकाशित मिति : २०७९ जेठ २० गते शुक्रबार