वडा सदस्यमा श्रीमान्–श्रीमती विजयी



कञ्चनपुर ।

स्थानीय तहको निर्वाचनमा कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–७ मा वडा सदस्य पदमा श्रीमान् – श्रीमती विजयी भएका छन् ।

विजयी हुनेमा सन्दीप उपाध्याय र कमला उपाध्याय रहेका छन् । श्रीमान् श्रीमती दुवै जनाले फरक फरक पार्टीबाट चुनाव लडेर विजयी भएका हुन्।

सन्दीप नेकपा (एमाले) बाट र कमला नेपाली काँग्रेसबाट वडा सदस्य पदमा चुनाव लडेका थिए। सन्दीपले खुला सदस्यबाट चुनाव लडेर ७५५ र कमलाले महिला सदस्य पदबाट चुनाव लडेर ७९२ मत ल्याई विजयी भएका छन्।

पार्टीबारे घरमा बहस हुने गरेपनि पारिवारिक कटुता नभएको उनीहरूले बताए । दुवै जनाले जनताको सेवक बनेर कार्य गर्ने बताएका छन्। दुबै जना दोधारा चाँदनीमा सामाजिक अभियन्ताका रुपमा समेत परिचित रहेका छन्।

  • No tags available
प्रकाशित मिति : २०७९ जेठ ४ गते बुधबार