कैलाली ।
कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ११ मा स्वतन्त्र उम्मेदवार प्रेमसिं बडैला विजयी भएका छन्। मतगणनाको सुरुवातदेखि नै अग्रता लिएका उनले वडामा खसेको २१ सय ८४ मतमध्ये १ हजार ७० मत ल्याए।
एकीकृत समाजवादीका शिव विक ५ सय ६९ मतसहित निकटतम प्रतिद्वन्द्वी बने। तेस्रोमा एमालेका भीम विकले ४ सय ४ मत प्राप्त गरेका छन्। यो एमाले सचिव लेखराज भट्टको क्षेत्र हो।
प्रकाशित मिति : २०७९ जेठ १ गते आइतबार









प्रतिक्रिया दिनुहोस्