कैलालीमा एक किशोर मृत फेला, ब्राउन सुगर ‘ओभर डोज’को आशंका



कैलाली ।

कैलालीमा एक किशोर मृत फेला परेका छन्। बिहीबार जिल्लाको घोडाघोडी नगरपालिका-१ सितानगरका १९ वर्षीय पारस चौधरी आफ्नै घरमा मृत फेला परेका हुन्।

आफ्नै कोठामा मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय सुखडका प्रहरी नायब उपरीक्षक लक्ष्मण शाहीले जानकारी दिए। पारसका आमाबुवा छैनन्। उनले कुलतमा फसेर ब्राउन सुगर समेत लिने गरेको खुल्नमा आएको शाहीले बताए।

यस्तै उनको कोठामा प्रयोग गरिएको ब्राउन सुगरको प्लास्टिकको टुक्रा समेत भेटिएको बताइएको छ। ब्राउन सुगर ओभर डोज भएरै उनको मृत्यु भएको हुनसक्ने प्रहरीको आशंका छ।

यद्यपी प्रहरीले उनको शवलाइ पोस्टमार्टमा लागि टीकापुर पठाएको र रिपोर्ट आएपछि मात्रैमृत्युको कारण खुल्ने जनाएको छ।

  • No tags available
प्रकाशित मिति : २०७८ फागुन ६ गते शुक्रबार