सुदूरपश्चिमका पहाडी जिल्लामा भारी हिमपातः ठाउँ-ठाउँमा राजमार्ग अवरुद्ध,



डोटी ।

हिजो रातिदेखि परेको बाक्लो हिमपातका कारण सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग बन्द भएको छ ।

लगातारको बाक्लो हिमपातका कारण राजमार्ग ठप्प भएको इलाका प्रहरी कार्यालय बुडरले जनाएको छ। राजमार्गमा परेको हिउँ हटाउने प्रयास भइरहेको बताइएको छ ।

राजमार्ग बन्द भएपछि दजर्नौँ गाडी तथा यात्रुहरु अहिले यहाँको गैरा तथा बुडर बजारमा राकिएका छन् । यो राजमार्ग अन्तर्गतको साहुखर्क, गैरा, हगुल्टेमा भारी हिमपात भएको छ ।

यसैगरी डोटीको सिलगढी तथा अछामको साँफे जोड्ने पहलमानसिंह स्वाँर राजमार्ग पनि हिमपातका कारण ठप्प भएको छ ।

यस राजमार्ग अन्तर्गत डोटीको चौखुट्टैमा बाक्लो हिमपात हुँदा बाजुरा, अछामबाट तराई जान आएका तथा तराईबाट पहाड जान हिँडेका गाडी तथा यात्रु बीचबाटोमै अलपत्र परेका छन् । वर्षा र हिमपात भएसँगै यहाँको जनजीवन प्रभावित भएको छ।

  • No tags available
प्रकाशित मिति : २०७८ माघ २१ गते शुक्रबार