पत्रकार तथा युवा लेखक एलबी विश्वकर्माको मृत्यु भएको छ ।
बुधबार राती ३ बजे अचानक मुटुमा समस्या देखिएर उपचारका लागि पाटन अस्पताल लैजाँदा डाक्टरले उनलाई मृत घोषणा गरेका उनका भाइ ललित टमाटाले जानकारी दिए ।
‘राति अचाजनक गाह्रो भएर पाटन अस्पताल लिएका थियौँ,’ टमाटाले अस्पतालबाट टेलिफोनमा भने, ‘डाक्टरले मृत घोषणा गरिदिए । कसरी मृत्यु भयो भनेर डाक्टरले पनि स्पष्ट भन्नु भएको छैन ।’
उनका अनुसार एलबीको एन्टिजेन परीक्षण गर्दा रिर्पोट नेगेटिभ आएको थियो । क्रियाशील दलित पत्रकार संघका केन्द्रीय सदस्यसमेत रहेका विश्वकर्माले जातीय विभेदका विषयमा खरो लेख्ने युवा लेखकका रुपमा परिचय बनाएका थिए ।
उनको शव पाटन अस्पतालमा छ ।
प्रकाशित मिति : २०७८ माघ ६ गते बिहीबार
प्रतिक्रिया दिनुहोस्