बाढीले बगायो महेन्द्रनगरको ‘भाइरल रोड’



कञ्चनपुर

आइतबारदेखिको अविरल वर्षापछि महाकाली नदीमा आएको बाढीले निर्माणाधीन चार लेनको पक्की पुलको पहुँच (भाइरल रोड) मार्गमा क्षति पुर्‍याएको छ ।

भीमदत्त नगरपालिका १२ मा पर्ने करिब सय मिटर जति पहुँच मार्ग नदीले कटान गरेको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार महाकालीमा मंगलबार पानीको बहाव ५ लाख ४ हजार क्युसेक पुगेको छ । नदीले पहुँच मार्ग कटान निरन्तर गरिरहेको छ । ६ लेनको सडकमध्ये सय मिटरसमम तीन लेन सडक कटान गरिसकेको छ ।

  • No tags available
प्रकाशित मिति : २०७८ कात्तिक २ गते मंगलबार