महाकाली नदीको बाढीमा फसेका पाँच जना स्थानीय उद्धारको पर्खाइमा छन् । कञ्चनपुरको भीमदत्त नगरपालिका–९ मसेट्टीका ३५ वर्षीय पुष्कर नायक, ४५ वर्षीय दीर्घमती खड्का, ३२ वर्षीय शान्ती नायक, ९ वर्षीय असोक नायक र ५ वर्षीय अजय नायक सोमवार रातीबाट बाढीमा फसेका हुन ।
उनीहरुको उद्धारका लागि खल्लास्थित सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बिओपी) र ब्रह्मदेव प्रहरी चौकीबाट सुरक्षाकर्मीको टोली खटिएको छ । ‘हिजो राती उहाँहरु कुखुराको खोर कुर्न गएका थिए ।
महाकालीको बाढी खोरतिर पसेपछि नदीमा फसेको खबर आएको छ,’ उद्धारका लागि त्यसतर्फ गइरहेका एक सुरक्षाकर्मीले भने, ‘उहाँहरु रुखमा बसेको जानकारी आएको छ । हामी उद्धारको लागि त्यसतर्फ गइरहेका छौँ ।’
बाटोमा अवरोध हुँदा उद्धार टोली उनीहरु फसेको ठाउँसम्म अझै पुग्न सकेको छैन । ‘त्यहाँ पुग्दा हामीले मसेट्टी र टुडीखेलबीचको काली खोला तर्नु पर्ने हुन्छ । पानीको बहाब बढि हुनाले तर्न सकिरहेका छैनौँ,’ ती सुरक्षाकर्मीले भने ।










प्रतिक्रिया दिनुहोस्