15 May 2024  |   बुधबार, जेष्ठ २, २०८१

कर्णाली नदीको बाढीले खतराको सतह नाघ्यो, बर्दिया र कैलालीमा जोखिम

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, कार्तिक २, २०७८  

कैलाली ।

कर्णाली नदीको बाढीले खतराको सतह नाघेको छ । चिसापानी बाढी मापन केन्द्रमा मंगलबार बिहान गरिएको मापनअनुसार नदीको सतह ११ मिटर नाघेको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ ।

प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले नदीमा पानीको सतह खतराको तह पार गरेर ११ मिटर पुगेको बताए । कर्णालीमा १० मिटर पानीको सतहलाई सतर्कता र १०।८० मिटरलाई खतराको तह मानिन्छ ।

लगातारको वर्षाका कारण नदीमा पानीको सतह बढ्ने क्रम जारी रहेको बताउँदै सूचना अधिकारी जोशीले तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरिएको जनाए ।

प्रकाशित मितिः मङ्लबार, कार्तिक २, २०७८     9:32:48 AM  |