19 April 2024  |   शनिबार, बैशाख ८, २०८१

सशस्त्र प्रहरीका जवान कार्यालय परिसरमै मृत भेटिए

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, साउन २०, २०७८  

कैलाली ।

कैलालीमा सशस्त्र प्रहरीका एक जवान कार्यालय परिसरमै मृत फेला परेका छन्।

धनगढी उप–महानगरपालिका – १ मा रहेको सशस्त्र प्रहरी बल नम्बर ३४ हेडक्वाटरमा कार्यरत डडेल्धुरा भागेश्वर गाउँपालिका – १ का ३१ वर्षीय सशस्त्र प्रहरी जवान हरिशकुमार शाही बुधबार बिहान मृत फेला परेका हुन्।

उनी कार्यालय परिसरको उत्तरपट्टीको कम्पाउण्ड नजिकै पानी जमेको स्थानमा घोप्टो अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

घटनाको अनुसन्धान भइरहेको र मृतकको शव पोष्टमार्टमका लागि सेती प्रादेशिक अस्पतालमा पठाएको प्रहरीले जनाएको छ।

प्रकाशित मितिः बुधबार, साउन २०, २०७८     12:47:22 PM  |