9 December 2021  |   बिहिबार, मंसिर २३, २०७८

बालाजुमा बसले ठक्कर दिँदा मोटरसाइकलमा सवार महिलाको मृत्यु

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, असार ८, २०७८  

काठमाडौं ।

काठमाडौंको बालाजुमा बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जना महिलाको मृत्यु भएको छ।

सोमबार राति साढे ७ बजे माछापोखरी जाने बाटोमा ना ४ ख ४२२९ नम्बरको बसले बा ७८ प ८३८४ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।

ठक्कर दिँदा मोटरसाइकलमा सवार २५ वर्षीया महिलाको मृत्यु भएको महानगरीय प्रहरी वृत्त बालाजुका प्रहरी नायब उपरीक्षक (डिएसपी) निर्मल बुढाथोकीले जानकारी दिए।

गोर्खा भिमसेन थापा गाउँपालिका-८ की २५ वर्षीया लक्ष्मी परियारको मृत्यु भएको हो। दुर्घटनापछि गम्भीर घाइते भएकी उनलाई ट्रमा सेन्टर लगिएको थियो। तर अस्पताल पुर्‍याउन बित्तिकै उनलाई चिकित्सकले मृत घोषणा गरेको डिएसपी बुढाथोकीले बताए।

मृतकका भिनाजु सीताराम परियार घाइते छन्। उनको उपचार भइरहेको छ।

प्रहरीले बस र चालकलाई नियन्त्रणमा लिएको छ।

 

प्रकाशित मितिः मङ्लबार, असार ८, २०७८     12:01:04 PM  |