29 November 2021  |   सोमवार, मंसिर १३, २०७८

थप २,७६८ जनामा कोरोना संक्रमण, ४४ जनाको मृत्यु

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, असार ४, २०७८  

काठमाडौं । पछिल्लो २४ घण्टामा २,७६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७५६९ जनामा भएको पीसीआर परीक्षणमा १९६३ र ५४६८ जनामा गरिएको एन्टिजेन परीक्षणमा ८०५ गरी २,७६८ जनामा संक्रमण पुष्टि भएको हो ।

 

कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा ४४ जनाको मृत्यु भएको छ भने ४०२० जना संक्रमणमुक्त भएका छन् ।

प्रकाशित मितिः शुक्रबार, असार ४, २०७८     6:22:20 PM  |