20 April 2024  |   शनिबार, बैशाख ८, २०८१

छोरीलाई बलात्कारपछि हत्या गरेको आरोपमा बाबु पक्राउ

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, असार ३, २०७८  

धनगढी ।

कैलालीमा छोरीलाई बलात्कारपछि हत्या गरेको आरोपमा बुवा पक्राउ परेका छन् ।

१० वर्षीया छोरीमाथि बलात्कार गरेर हत्या गरेको आरोपमा जिल्लाको लम्कीचुहा नगरपालिका-८ का ५१ वर्षीय पुरुषलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिए ।

प्रहरीका अनुसार जेठ २७ गते भैँसी गोठमा झुण्डिएको अवस्थामा बालिकाको शव फेला परेको थियो । परिवारका सदस्यले दाह संस्कारको तयारी गरिरहेको बेला इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको टोलीले २७ गते नै शव नियन्त्रणमा लिएको थियो ।

सेती प्रादेशिक अस्पतालमा मृतक बालिकाको स्वास्थ्य परीक्षण गर्दा बलात्कारपछि हत्या गरिएको पुष्टि भएपछि प्रहरीले थप अनुसन्धान गरेको थियो । अनुसन्धानका क्रममा घटनामा बुवाकै संलग्नता रहेको खुलेको प्रहरीले जनाएको छ ।

‘जबरजस्ती गरेको पोल खुल्ने डरले बुवाले नै गोठमा झुण्ड्याएर हत्या गरेर आत्महत्या गरेजस्तो देखाउन खोजेको अनुसन्धानको क्रममा देखियो,’ प्रहरी नायब उपरीक्षक बिष्टले भने ।

बालिकाको बुवालाई कर्तव्य ज्यान मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

प्रकाशित मितिः बिहिबार, असार ३, २०७८     3:00:32 PM  |