8 December 2021  |   बिहिबार, मंसिर २३, २०७८

राहत र उद्धारका लागि तत्काल बजेट निकास गर्न अर्थमन्त्रीलाई प्रचण्डको फोन

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, असार २, २०७८  

काठमाडौं ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारसँग तत्काल राहत र उद्धारको प्रयास गर्न आग्रह गरेका छन्।

उनले अर्थमन्त्री विष्णु पौडेललाई फोनमार्फत् राहत र उद्धारका लागि तत्काल बजेट निकास गर्न आग्रह गरेको उनका प्रेस संयोजक विष्णु सापकोटा ‘जुगल’ले बताए।

‘जवाफमा अर्थमन्त्रीले आफू तदाकरुकताको साथ लागिरहेको बताउनुभएको छ’, उनले भने। दुई दिनदेखि आइरहेको बाढी पहिरोले देशभरका विभिन्न स्थानमा क्षति पुर्‍याएको छ।

उनले पार्टीका नेता तथा कार्यकर्तालाई उद्धार र राहतमा जुट्न पनि आग्रह गरेका छन्। बाढीपहिरोमा परेर मृत्यु भएकाहरूको परिवारलाई राहत दिन तथा घाइतेलाई नि:शुल्क उपचार गर्न प्रचण्डले माग गरेका छन्।

प्रचण्डले संघीय, प्रदेश र स्थानीय सरकारको ध्यानाकर्षण गराउँदै तत्काल उद्धार र राहत कार्य प्रभावकारी बनाउन आग्रह गरेका छन्।

प्रकाशित मितिः बुधबार, असार २, २०७८     12:58:31 PM  |