ब्राउनसुगरसहित कञ्चनपुरका दुई जना पक्राउ



कञ्चनपुर ।

कञ्चनपुर प्रहरीले लागुऔषध ब्राउनसुगरसहित दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा शुल्लाफाँटा नगरपालिका-१० झलारीका २४ वर्षीय महेश चौधरी र लालझाडी गाउँपालिका-२ का २५ वर्षीय रणबहादुर चौधरी छन्।

सुपप्र ०२-००३प ६७२४ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई बेलौरी नगरपालिका-६ विद्यानगरबाट पक्राउ गरिएको कञ्चनपुरका प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीले बताए।

उनीहरूको साथबाट १२.३५ ग्राम ब्राउनसुगर बरामद भएको छ। दुबैलाई हिरासतमा राखेर अनुसन्धान थालिएको उनले बताए।

  • No tags available
प्रकाशित मिति : २०७८ असार १ गते मंगलबार