20 April 2024  |   शनिबार, बैशाख ८, २०८१

बाबुले गरे हातखुट्टा बाँधेर छोरीको बलात्कार

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, असार १, २०७८  

चितवन ।

सात वर्षीय छोरीलाई घरमा नै छोडेर घाँस काट्न खेतमा पुगेकी आमाले घर फर्किदा छोरीको बलात्कार भएको घटना सुन्दा कस्तो पीडा होला, पक्कै पनि जोकोहीले सजिलै महसुस गर्न सक्दैन ।

चितवनको माडी नगरपालिकाको घटना हो यो । उनले सोच्दै नसोचेको डर लाग्दो घटना थियो त्यो । एक महिना १८ दिन अघि माडी नगरपालिका ३ धोबाहा भन्ने ठाउँमा घटेको घटना हो यो । भारी बोक्ने नाम्लो, घाँस काटने कचिया बोकेर सबिता(नाम परिवर्तित) दुई छोरीलाई घरमा नै खेलेर बस्नु भनी बारी तिर जान्छिन् ।

घाँसको भारी बोकेर घर फर्किएपछि गोठमा बिसाएकी मात्रै के थिइन् । पिढीमा बसेकी छोरीतिर आँखा जान्छन् उनको । कपाल बिग्रिएको अवस्थामा, आँखाभरी आँसु भरिएकी छोरीलाई के भो भन्दै सबिता आत्तिदै सोध्छिन् ।

हातहरुमा राता डामहरु, शरीरका कपडा लथालिङ्ग भएको अवस्थामा बालिका भेटिन्छन् । छोरीले बल्ल तल्ल मुख खोल्छिन् । ‘पल्लो घरको अंकलले हातपात गरेको मम्मी’ सबिता एकछिन छानोबाट खसेको जस्तै हुन्छिन् । उनले हत्तपत्त छोरीलाई घरभित्र लगेर बुझ्दा छिमेकी धुपल महतोले छोरीलाई बलात्कार गरेको कुरा थाहा पाउँछिन् ।

झमक्क साँझ पर्दैै थियो । सबिता घाँस काट्न गएको समयमा बालिकालाई बिस्कुट दिन्छु भनेर फकाई महतोले मादक पदार्थ सेवन गरेर छिमेकीको मकैबारीमा बलात्कार गरे । मकैका बोटहरु सबै भाचिँएको अवस्थामा रहेको छिमेकीहरु बताउँछन् । ४८ वर्षीय महतोले सात वर्षीय बालिकालाई जबरजस्ती धम्की दिएर करणी गरे ।

सबिताको अनुसार बालिकालाई महतोले आफ्नो घरमा लगेर नै करणी गरेका थिए । सबै कुरा थाहा भएपछि सबिता, पीडित बालिका र छिमेकी मिलेर कानुनी कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय चितवनमा जाहेरी दिन्छन् । महतोले मादक पदार्थ सेवनले गर्दा बालिकालाई बलात्कार गरेको अनुसन्धानको क्रममा स्वीकार गरेका छन् ।

महतोले नशाको अवस्थामा बालिकालाई के गरेको के नगरेको एकिन नभएको बताउँछन् । महतोलाई कोरोना देखिएपछि न्यायिक हिरासतमा राखिएको सरकारी वकिल कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार महतोलाई मुलुकी अपराध संहिता २०७४ को दफा २१९ उपदफा (१) र (२) बमोजिमको कसुर अपराध देखिँदा उनलाई सोही संहिताको दफा २१९ को उपदफा (३) को खण्ड (क) बमोजिम जरिवाना समेत गरी मागदाबी गरिएको छ ।

श्रीमती माइत गएको मौका छोपी जेठी छोरीलाई बलात्कार

यस्तै राप्ती नगरपालिकामा आफ्नै बाबुबाट १२ वर्षीय बालिका बलात्कृत भएकी छन् । आमा माइत गएको समयमा बालिकालाई आफ्नै बाबुले करणी गरेका हुन् । बालिकाको बाबुले मजदूरी गर्थे ।

उनले त्यो दिन काममा नगई अरु छोराछोरीलाई बाहिर आगँनमा खेल्न लगाएर ठूली छोरीलाई घरभित्रै राखेर जबरजस्तीकरणी गरेका थिए । उक्त घटना भएको आज एक महिना १६ दिन भएको छ ।

उनले मादक पदार्थ सेवन गरी यौन सम्पर्क गर्न मनलागेर ठूली छोरीलाई करणी गरेको स्वीकार गरेका छन । दिउँसोको समयमा घरमा श्रीमती नभएको मौकामा उनले आफ्नै छोरीलाई करणी गरेका हुन् ।

बालिकाको आमाले उक्त घटना थाहा पाएपछि पीडकलाई जिल्ला प्रहरी कार्यालय चितवनले पक्राउ गरी अदालतमा मु्द्दा चलाएको छ । कानुन अनुसार हाडनाता करणी मुद्दामा चार वर्षदेखि १० वर्ष कैद र ४० देखि १ लाख सम्म जरिवाना हुने व्यवस्था छ ।

हातखुट्टा बाँधेर पटक पटक छोरीलाई बलात्कार

राप्ती नगरपालिकाकै अर्काे घटनामा आफ्नै बाबुले छोरीलाई हातखुट्टा बाँधेर पटकपटक करणी गरेका छन् ।

दुई महिना अघि रातको ११ बज्दै थियो । श्रीमतीले दोस्रो विवाह गरेपछि उनले आफ्ना तीन सन्तानलाई लालनपोषण गर्दै आएका थिए । उक्त दिन उनले अत्यधिक मात्रामा मादक पदार्थ सेवन गरेर आएका थिए । १२ वर्षीय बालिका पनि भान्साको काम सक्काएर सुत्न लागेकी थिइन् ।

बाबुले मादक पदार्थ पिएकोले अडिन पनि सकिरहेका थिएनन् । बालिका सुतिरहेको ठाँउमा नै बाबुले जबरजस्ती मुख बन्द गराएर हातखुट्टा बाधिँदिएर करणी गरे । उनले बालिकालाई पटक पटक करणी गर्दै आएको पीडित बालिकाले बताइन् ।

बालिकाले छिमेकीहरुको सहयोगमा नै खैरहनी प्रहरी कार्यालयमा मुद्दा दर्ता गरेकी हुन् । बालिकाले जाहेरी दिएपछि उनका बाबुलाई प्रहरीले पक्राउ गरी थुनामा राखेका छन् । घटना भएको भोलिपल्ट नै बालिकाले प्रहरीलाई खबर गरेकी थिइन् । उक्त मुद्दा अनुसन्धानमा क्रममा रहिरहेको छ ।

#www.narayanionline.com

प्रकाशित मितिः मङ्लबार, असार १, २०७८     3:15:23 PM  |