26 April 2024  |   शुक्रबार, बैशाख १४, २०८१

सुदूरपश्चिम प्रदेश सरकारको नीति कार्यक्रम पारित

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, जेष्ठ ३१, २०७८  

सुदूरपश्चिम –  सुदूरपश्चिम प्रदेशसभाको आजको बैठकले नीति तथा कार्यक्रम पारित गरेको छ । आर्थिक वर्ष २०७८÷७९को नीति तथा कार्यक्रम बहुमतले पारित भएको हो । सभामुख अर्जुनबहादुर थापाले नीति तथा कार्यक्रमको पक्षमा बहुमत रहेको जानकारी दिँदै नीति तथा कार्यक्रम पारित भएको घोषणा गर्नुभयो ।

यसअघि नीति तथा कार्यक्रममाथि भएको छलफलमा उठेका प्रश्नहरूको जवाफ दिँदै मुख्यमन्त्री त्रिलोचन भट्टले छलफलमा आएका सुझावलाई मनन गरी बजेटमा समेटिने र बजेट बिनियोजनमा कुनै भेदभाव नराखिने बताउनुभयो । देशमा विकासको ‘मोडेल’ केहो भन्ने कुरा अहिलेसम्म ठोेसरूपमा आउन नसकेको बताउँदै मुख्यमन्त्रीले भट्टले भन्नुभयो, “विकासको मोडेल स्पष्ट ढङ्गले नबनाइकन विकास गर्न कठीन छ ।” उहाँले देशको पछिल्लो राजनीतिक परिस्थितिले सत्तापक्ष र प्रतिपक्षभन्दा पनि प्राप्त उपलब्धि जोगाउँदै विकासका लागि एकतावद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।रासस

प्रकाशित मितिः सोमवार, जेष्ठ ३१, २०७८     8:31:45 AM  |