16 May 2024  |   बिहिबार, जेष्ठ ३, २०८१

प्रतिनिधि सभा विघटनको मुद्दा: संवैधानिक इजलास आज पनि नबस्ने

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, जेष्ठ २५, २०७८  

काठमाडौं ।

प्रतिनिधि सभा विघटनविरुद्धका रिटहरूमा आज पनि सुनुवाइ नहुने भएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको अस्वस्थतालाई कारण देखाउँदै हिजो स्थगित भएको संवैधानिक इजलास आज पनि नबस्ने भएको हो ।

इजलासमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा तथा न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराई छन् ।

इजलास पुनर्गठनलाई लिएर सरकारी पक्षका वकिलहरूले असन्तुष्टि जनाएपछि इजलास बस्न सकेको छैन ।

प्रकाशित मितिः मङ्लबार, जेष्ठ २५, २०७८     12:42:02 PM  |