19 April 2024  |   शुक्रबार, बैशाख ७, २०८१

राजेन्द्र महतो भन्छन् : एकल राज्य मान्दैनौ, हामीमाथि विभेद छ

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, जेष्ठ २२, २०७८  

काठमाडौं । नवनियुक्त उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री राजेन्द्र महतोले नेपाल एकल राज्य नभएको दावी दोहोर्‍याएका छन् । उनले देशको संविधान अधुरो रहेको तथा देशमा विभिन्न जातजातिमाथि विभेद ब्याप्त रहेको बताए ।

 

जनता समाजवादी पार्टीको कार्यालयमा आयोजित स्वागत कार्यक्रममा बोल्दै महतोले यस्तो बताएका हुन् ।

महतोले भने, ‘यो देश बहुलताले भरिएको छ । विविधताले भरिएको छ । नेपाल एकल राज्य होइन, बहुल राज्य हो । विभिन्न जाति(समुदायको देश हो । उनीहरु सबैमा समान व्यवहार भइरहेको छैन । नियम कानूनमा पनि विभेद छ र व्यवहारमा पनि ।’

आफ्नो पार्टी कांग्रेस र कम्युनिष्टजस्तो नभएको महतोले बताए । कांग्रेस र कम्युनिष्टले गर्न नसकेको काम गर्नका लागि पार्टी स्थापना भएको भन्दै उनले समाजमा व्याप्त शोषण र उत्पीडन समाप्त गर्ने लक्ष्य रहेको उल्लेख गरे ।

‘हाम्रो पहिलो दायित्व र रुझान भनेको पार्टीको मूल्य(मान्यता हो । हामी २४ घन्टा नै त्यसलाई याद राख्ने छौं ।’ महतोले भने ।

प्रकाशित मितिः शनिबार, जेष्ठ २२, २०७८     5:49:29 PM  |