सरकारी गाडी लगेर ‘डेटिङ’ जाने आयोजना प्रमुखलाई कारवाही गर्न गृहको निर्देशन



काठमाडौं ।

गृह मन्त्रालयले निषेधाज्ञा उल्लङ्घन गर्दै ‘डेटिङ’ जाने सहरी विकास विभाग अन्तर्गतको नयाँ सहर आयोजना प्रमुखलाई कारबाही गर्न निर्देशन दिएको छ।

निषेधाज्ञा उल्लङ्घन गर्दै ‘डेटिङ’मा जाने आयोजना प्रमुख रोशन श्रेष्ठलाई कारबाही गर्न मन्त्रालयले निषेधाज्ञा जारी गर्ने निकाय जिल्ला प्रशासन कार्यालय, काठमाडमैं निर्देशन दिएको हो।

गत आइतबार शहरी विकास मन्त्रालयअन्तर्गत सहरी विकास विभागको नयाँ सहर आयोजना प्रमुख उपसचिव रोशन श्रेष्ठ प्रदेश ३–०१–००२ झ ४९२२ नम्बरको सरकारी गाडीमा स्वयम्भूमा एक युवतीसहित पुगेका थिए ।

  • No tags available
प्रकाशित मिति : २०७८ जेठ २१ गते शुक्रबार