29 November 2021  |   सोमवार, मंसिर १३, २०७८

हुरीले पोल ढालेपछि कैलाली र कञ्चनपुरमा विद्युत सेवा अवरुद्ध

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, जेष्ठ १८, २०७८  

धनगढी । मंगलबार बिहान आएको हावाहुरीका कारण ठाउँ–ठाउँमा पोल भाँचिएर ढलेपछि कैलाली र कञ्चनपुरमा विद्युत सेवा अवरुद्ध भएको छ ।

प्रदेशको अस्थायी राजधानी धनगढीसहित महेन्द्रनगर, टीकापुर, लम्किचुहा, झलारी लगायतका मुख्य शहर क्षेत्र र ग्रामीण भेगमा विद्युत सेवा अवरुद्ध भएको नेपाल विद्युत प्राधिकरण प्रादेशिक कार्यालय अत्तरियाले जनाएको छ ।

प्रादेशिक कार्यालयका प्रमुख जोशीले कतिपय ठाउँमा रूख ढलेर तार चुडिएको बताउँदै अधिकांश स्थानमा सिमेन्टका पोल भाँचिएकाले विद्युत आपूर्ति ठप्प भएको जानकारी दिए ।

दुवै जिल्लामा लाइन मर्मत सम्भारका लागि प्राविधिक टोली खटाए पनि सीमित जनशक्ति हुँदा सेवा सुचारू गर्न केही समय लाग्ने उनले बताए । हावाहुरीले पुर्याएको क्षतिको विवरण संकलनको काम भइरहेको उनले बताए ।

प्रकाशित मितिः मङ्लबार, जेष्ठ १८, २०७८     12:39:55 PM  |