कोरोनाबाट सुदूरपश्चिमका पूर्व प्रदेश प्रमुख मल्लको मृत्यु



कैलाली ।

सुदूरपश्चिमका पूर्व प्रदेश प्रमुख मोहनराज मल्लको निधन भएको छ।

लामो समयदेखि निमोनियनबाट पीडित मल्ललाई पछिल्लो समय कोरोना संक्रमण पुष्टि भएको थियो । कैलालीको भजनीका स्थानीय मल्लको काठमाण्डौमा उपचारका क्रमममा निधन भएको हो।

मल्ललाई २०७४ सालमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपतिले सुदूरपश्चिम प्रदेश प्रमुखमा नियुक्त गरेका थिए ।

कैलालीका पुराना राजनीतिज्ञका रुपमा चिनिँदै आएका मल्ल विसं २०३७ देखि २०४६ सम्म राष्ट्रिय पञ्चायतका सदस्य थिए । । मल्लको आज अन्त्येष्टि गरिने बताइएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७८ जेठ १३ गते बिहीबार