29 November 2021  |   सोमवार, मंसिर १३, २०७८

अछाममा अक्सिजन खरीद गर्न मन्त्री आलेद्वारा एक लाख सहयोग

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, जेष्ठ १२, २०७८  

काठमाडौँ,  जेठ (रासस) : वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले जिल्ला अस्पताल अछाममा अक्सिजन खरीद गर्नका लागि आफ्नो व्यक्तिगततर्फबाट रु एक लाख सहयोग गर्नुभएको छ ।

अक्सिजन नपाउँदा कोरोना सङ्क्रमितको उपचारमा समस्या भएको जानकारी भएपछि उहाँले अस्पताललाई आफ्नातर्फबाट रु एक लाख उपलब्ध गराउनुभएको उहाँका स्वकीय सचिव हेमन्त रेग्मीले जानकारी दिनुभयो ।

अछाममा अक्सिजन अभाव भएका कारण त्यहाँका नागरिकले अक्सिजन किन्नका लागि अभियानसमेत सञ्चालन गरेका थिए ।

अक्सिजन नभएकै कारण जिल्लामा कैयौँ कोरोना सङ्क्रमितले अकालमै ज्यान गुमाएका थिए ।

अक्सिजन खरीद गर्न रकम प्रदान गरेपछि यहाँका कोरोना सङ्क्रमितको उपचारमा निकै राहत पुग्ने जिल्ला अस्पताल अछामका मेडिकल सुपरिटेन्डेन्ट डा अतुल भारद्वाजले बताउनुभयो । उहाँले भन्नुभयो, “अक्सिजन नहुँदा कोरोना सङ्क्रमितको उपचारमा निकै समस्या भएको थियो, मन्त्रीज्यूले अक्सिजन किन्न व्यक्तिगतरूपमा रकम उपलब्ध गराएपछि अब सहज हुने छ ।”

 

 

प्रकाशित मितिः बुधबार, जेष्ठ १२, २०७८     8:49:44 PM  |