25 April 2024  |   बिहिबार, बैशाख १३, २०८१

सुदूरपश्चिममा कोरोना: थप ९ संक्रमितको मृत्यु, ६१९ जनामा संक्रमण

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, जेष्ठ ११, २०७८  

धनगढी : सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरसको संक्रमणबाट थप ९ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा कैलाली, कञ्चनपुर, दार्चुला र बझाङका गरी ९ जनाको मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

 

निर्देशनालयका अनुसार सबैभन्दा धेरै कैलालीका ५ जना, कञ्चनपुरका २ जना, दार्चुला र बझाङका १÷१ जना संक्रमितको मृत्यु भएको हो । योसँगै कोरोना संक्रमणबाट सुदूरपश्चिममा मृत्यु हुनेको संख्या ४६३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा सुदूरपश्चिम प्रदेशमा ६१९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन विधिबाट २ हजार २५२ जनाको नमुना परीक्षण गर्दा ६१९ जनामा संक्रमण देखिएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

मंगलबार थपिएका समेत गरेर प्रदेशभर संक्रमितको संख्या ३६ हजार ७७० पुगेको छ ।

प्रकाशित मितिः मङ्लबार, जेष्ठ ११, २०७८     7:11:01 PM  |