16 May 2024  |   बिहिबार, जेष्ठ ३, २०८१

सङ्खुवासभा : जङ्गली च्याउ खाँदा बिरामी भएकामध्ये थप एक जनाको ज्यान गयो

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, जेष्ठ ११, २०७८  

सङ्खुवासभा – सिलिचोङ गाउँपालिका–५ याफुको खुङडुवामा जङ्गली च्याउ खाँदा बिरामी भएकामध्ये थप एक जनाको ज्यान गएको छ । विराटनगरमा उपचारका क्रममा २१ वर्षीया निर्जला राईको ज्यान गएको आफन्त डेविन राईले बताउनुभयो ।

गएको शुक्रवार जङ्गली च्याउ खाँदा एकै परिवारका नौ जना बिरामी परेका थिए । बिरामीमध्ये आठ वर्षकी रोजिना राईको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा गएकाे आइतवार ज्यान गएको थियो ।

अर्का आठ वर्षीय सन्दान राईको धरानमा उपचार भइरहेको छ । अरूको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ । साभार उज्यालो

प्रकाशित मितिः मङ्लबार, जेष्ठ ११, २०७८     7:14:11 PM  |