29 November 2021  |   सोमवार, मंसिर १३, २०७८

रीट दर्ता,सुनुवाइको मिति भोलि मात्र थाहा हुने

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, जेष्ठ १०, २०७८  

काठमाडौं ।

प्रतिनिधि सभाको दोश्रो विघटन र मध्यावधि चुनाव घोषणा तथा राष्ट्रपति कार्यालयद्वारा आफैले धारा ७६(५) बमोजिम बैकल्पिक सरकार गठननिम्ति जारी गरेको सूचना प्रतिकूल बहुमत हस्ताक्षरलाई मान्यता नदिइएको बिषयमा आज प्रतिनिधि सभाका १४६ साँसदले लगेको रीट सर्वोच्चमा भर्खर दर्ता भएको छ ।

रीटउपरको सुनुवाइ एकल इजलासले गर्ने कि सीधै संबैधानिक इजलासमा पठाउने भन्नेवारे भोलि टुंगो लागेपछि पेशीको मिति पनि थाहा लाग्नेछ ।

बिषयवस्तुको गम्भीरतालाई हेरी सम्भवत:पर्सिदेखि दुबै पक्षवीच बहस शुरु हुनेछ । कोभिड महामारीलाई बिचार गर्दै सकभर छरितो र छिटो विधि अपनाउने तयारीमा प्रधानन्यायाधीश चोलेन्द्र समशेर रहनुभएको बुझिएको छ ।

प्रकाशित मितिः सोमवार, जेष्ठ १०, २०७८     3:17:40 PM  |