19 April 2024  |   शुक्रबार, बैशाख ७, २०८१

जसपाको कार्यकारिणी समिति बैठक जारी

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, जेष्ठ ८, २०७८  

काठमाडौं ।

जनता समाजवादी पार्टी (जसपा) को केन्द्रीय कार्यकारिणी समितिको बैठक जारी छ। पार्टी कार्यालय बालकुमारीमा बसिरहेको बैठकमा ३१ जना कार्यकारिणी सदस्य सहभागी छन्।

यस्तै राष्ट्रिय सभाका २ सहित प्रतिनिधि सभाका समेत बहुमत सदस्य उपस्थित भएको जसपाका प्रभावशाली नेता मोहम्मद इस्तियाक राईले जानकारी दिए।

जसपाले पार्टी भित्र देखा परेको विवाद लगायतका विषयमा छलफल गर्न आज र भोलिको लागि कार्यकारिणी समितिको बैठक बोलाएको थियो।

तर बैठकमा अर्का अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतो लगयतका नेता सहभागी नभएको राईले बताए।

दुई अध्यक्षले संयुक्त रुपमा हस्ताक्षर गरेर बैठक बोलाइएको हो तर ठाकुर जी र राजेन्द्र जीले मध्यराति राष्ट्रपति भेटेर चिया खाएर आउनु भएछ र असंवैधानिक कदम चाल्ने कुरामा सहयोग गर्नु भयो अहिले बैठकमा हामी यसको समीक्षा गर्दैछौं,’ राइले भने।

प्रकाशित मितिः शनिबार, जेष्ठ ८, २०७८     5:23:42 PM  |