28 March 2024  |   बिहिबार, चैत्र १५, २०८०

स्वास्थ्य मन्त्रालयले भन्यो- केही साता अझै चुनौतीपूर्ण छ

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, जेष्ठ ३, २०७८  

काठमाडौं ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप केही साता नेपालका लागि चुनौतीपूर्ण हुने बताएको छ। सोमबार मन्त्रालयले सूचना गर्दै आगामी केही साता नेपालका लागि चुनौतीपूर्ण समय रहेको जनाएको छ।

‘अबका केही हप्ता अझै पनि चुनौतीपूर्ण रहेकाले हामी सबै संयमित र सहयोगी भई एकजुट भएर कामहरू गर्नुपर्ने देखिन्छ,’ सूचनामा भनिएको छ।

मन्त्रालयले निषेधाज्ञाको पूर्ण पालना नभएको भन्दै मानिसहरूको आवतजावतमा ५९ प्रतिशत मात्र कमी पाइएको जनाएको छ।

साथै, सरकारले बढी जोखिम रहेको भनेर सूचीकृत गरेको ठाउँमा समेत मानिसहरू खुलेआम हिँडिरहेको भन्दै जनस्वास्थ्यको मापदण्डलाई कडाइका साथ पालना गर्न मन्त्रालयले अनुरोध गरेको छ।

अहिलेको अवस्थामा स्वास्थ्यकर्मीहरू पूरा खटिँदा पनि जति संक्रमण घट्नुपर्ने हो त्यति नघटेको भन्दै थप सतर्क रहन मन्त्रालयको सुझाव छ।

गएको २४ घण्टामा मात्र ९ हजार २ सय ४७ जनामा संक्रमण पुष्टि भएको छ भने २ सय १४ जनाको मृत्यु भएको छ।

प्रकाशित मितिः सोमवार, जेष्ठ ३, २०७८     6:51:41 PM  |