25 April 2024  |   शुक्रबार, बैशाख १४, २०८१

निषेधाज्ञा ७४ जिल्लामा जारी

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, जेष्ठ ३, २०७८  

कोहलपुर ।

नेपालका अधिकांश जिल्लामा कोरोना रोकथाम तथा नियन्त्रणको लागि भन्दै निषेधाज्ञा जारी गरेको छ । आइतबारसम्म देशभरका ७४ जिल्लामा निषेधाज्ञा जारी गरिएको गृह मन्त्रालयले जनाएको छ ।

देशभरका ४ जिल्लामा मात्रै अब निषेधाज्ञा जारी गरेको छैन । पछिल्लोपटक रुकुम पूर्वमा निषेधाज्ञा जारी गरिएको गृह मन्त्रालयको तथ्यांकमा उल्लेख रहेको छ । योसँगै देशभर ७४ जिल्लामा निषेधाज्ञा जारी गरिएको हो ।

जसमध्ये अधिकांशमा जिल्लाभर र केहीमा निश्चित क्षेत्रमा निषेधाज्ञा जारी गरिएको गृह मन्त्रालयले जनाएको छ । गृह मन्त्रालयको विवरणअनुसार मनाङ, खोटाङ र तेह्रथुम जिल्लामा हालसम्म निषेधाज्ञा जारी गरिएको छैन ।

यी जिल्लामा तुलनात्मक रूपमा संक्रमित कम देखिएकाले अहिलेसम्म निषेधाज्ञा जारी नगरिएको हो । गृह मन्त्रालयका अनुसार निषेधाज्ञा घोषित जिल्लामध्ये ७० मा पूर्ण र ४ जिल्लामा आंशिक रूपमा लागू छ ।

आंशिक निषेधाज्ञा लागू गरिएका जिल्लामा काभ्रे, ताप्लेजुङ, सप्तरी र मुस्ताङ रहेका छन् ।

बाँके, सुर्खेत, काठमाडौं, ललितपुर, भक्तपुर, कास्की, कैलाली, पर्सा, दाङ, कञ्चनपुर, पाल्पा, चितवन, रुपन्देही, बागलुङ, बर्दिया, सल्यान, सुनसरी, दार्चुला, जाजरकोट, रुकुम पश्चिम, डडेल्धुरा, झापा, मोरङ, गुल्मी, प्युठान, काभ्रेपलाञ्चोक, गोरखा, बाजुरा, उदयपुर, मकवानपुर, बझाङ, कालीकोट, स्याङ्जा, कपिलवस्तु, रामेछाप, नुवाकोट, ताप्लेजुङ, धनुषा, अर्घाखाँची, बैतडी, दैलेख, महोत्तरी, डोटी, डोप्ला, नवलपरासी पूर्व, रोल्पा, म्याग्दी, मुगु, तनहुँ, बारा, सिरहा, नवलपरासी पश्चिम, इलाम, दोलखा, सिन्धुपाल्चोक, धनकुटा, अछाम, हुम्ला, धादिङ, रौतहट, संखुवासभा, सर्लाही, जुम्ला, सिन्धुली, सप्तरी, ओखलढुंगा, रसुवा, पाँचथर, सोलुखुम्बु, लमजुङ, भोजपुर, मुस्ताङ र रुकुम पूर्वमा पूर्ण रुपमा निषेधाज्ञा जारी गरिएको गृह मन्त्रालयले जनाएको छ ।

प्रकाशित मितिः सोमवार, जेष्ठ ३, २०७८     1:39:06 PM  |