19 April 2024  |   शनिबार, बैशाख ८, २०८१

केन्द्रीय र प्रादेशिक अस्पतालका लागि ४ अर्ब बजेट सुनिश्चित

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, जेष्ठ २, २०७८  

काठमाडौं ।

कोभिड-१९ को रोकथाम, उपचार तथा नियन्त्रणका लागि अस्पतालहरुको क्षमता अभिवृद्धि र स्वास्थ्य सामग्रीका लागि अर्थ मन्त्रालयले ४ अर्ब ३१ करोड ८५ लाख ६० हजार रुपैयाँको सहमति दिएको छ।

अर्थ मन्त्रालयले २६ वटा केन्द्रीय अस्पताल र ९ वटा प्रादेशिक अस्पतालमा भेन्टिलेटर, अक्सिजन प्लान्ट र अक्सिजन ट्यांकका लागि २ अर्ब ९५ करोड २० लाख रुपैयाँको सहमति दिएको हो ।

यस्तै केन्द्रीय र प्रदेशिक गरी २५ वटा अस्पताललाई एचडियु स्थापनाका लागि १ अर्ब ३६ करोड ६५ लाख ६० हजार रुपैयाँको सहमति दिएको छ ।

कोभिड-१९ को रोकथाम, उपचार तथा नियन्त्रणका लागि आवश्यक सबै उपाय अवलम्बन गर्ने नीति अन्तर्गत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको माग अनुरुप स्रोत सुनिश्चित गरिएको अर्थमन्त्रालयले जानकारी दिएको छ।

प्रकाशित मितिः आइतवार, जेष्ठ २, २०७८     7:30:02 PM  |