प्रेस ज्याकेट लगाएर लागुऔषध ओसार्ने युवा पक्राउ



कैलाली ।

कञ्चनपुरमा प्रेस लेखेको ज्याकेट लगाएर लागुऔषध ओसार्ने एक युवक पक्राउ परेका छन् ।

बेलडाँडी गाउँपालिक–३ वैवाह सीमा क्षेत्रमा सुदूर खबर प्रेस लेखेको ज्याकेट लगाएका शुक्लाफाँटा नगरपालिका४ का २५ वर्षीय नरेश जोशीलाई प्रहरीले पक्राउ गरेको हो ।

जोशीको साथबाट ७०० ग्राम खैरो हेरोइन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता डीएसपी अमरबहादुर थापा क्षेत्रीले बताए ।

प्रहरीका अनुसार उनीसँग सुदूर खबरको परिचयपत्र समेत फेला परेको छ ।

  • No tags available
प्रकाशित मिति : २०७८ जेठ २ गते आइतबार