प्रधानमन्त्री ओली भने, सोचेजस्तो रहेनछ कोरोना



Prime Minister KP Sharma Oli addressing a meeting held to consult with specialists on COVID-19 pandemic, at his officail reidence in Baluwatawr, Kathmandu, on Wednesday, June 3, 2020. Photo: Rajan Kafle/PM’s Secretariat

काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले सोचेभन्दा बढी कोभिड-१९ संक्रमण फैलिएको बताएका छन् । उनले आफू कोभिड-१९ महामारीको विषयमा भ्रममा रहेको स्वीकारेका छन् ।

आइतबार सिंहदरबारमा बसेको सिसिएमसी बैठकमा बोल्दै उनले कोभिडको प्रतिरक्षा गर्न नेपाली नागरिकको इम्युनिटी सिस्टम (रोगप्रतिरोधात्मक शक्ति)ले पर्याप्त नभएको बताएका छन् ।

उनले भने, ‘मैले पनि ठानेको के थियो भने यस रुपमा कोभिड अगाडि बढ्छ होला भन्ने सोचेको थिइनँ । मैले के ठानेको थिएँ भने हाम्रो इम्युन सिस्टम धेरै बलियो छ । त्यसकारण अलि अलि कोभिड सर्ला तर यस्तो तहमा वृद्धि होला भन्ने थिएन ।’

  • No tags available
प्रकाशित मिति : २०७८ जेठ २ गते आइतबार