दिल्लीमा चाैथाे पटक लम्ब्याइयाे लकडाउन



दिल्ली ।

भारतको राजधानी नयाँ दिल्लीमा कोरोना भाइरसको संक्रमण न्युनिकरणकाे लागि एक साताको लागि लकडाउन थप गरिएकाे छ।

मुख्यमन्त्री अरविन्द केजरीवालले आइतबार जारी लकडाउनलाई मे २४ बिहानसम्मको लागि लम्ब्याउने घोषणा गरेका हुन्। योसँगै दिल्लीमा चाैथाे पटक लकडाउन थपिएको छ। अहिले जारी लकडाउन सोमबार बिहान ५ बजे सकिँदै थियो।

सुरूमा दिल्लीले अप्रिल १९ मा सप्ताहन्ता कर्फ्यू जारी गरेको थियो। तर, त्यसको भोलिपल्ट देखिनै लकडाउन लम्ब्याइएको थियो।

‘लकडाउन अर्को हप्ता सोमबार बिहान ५ बजेसम्मको लागि लम्ब्याइएको छ,’ मुख्यमन्त्री केजरीवालले भने।

पछिल्ला केही दिनयता दिल्लीमा कोरोना भाइरसका संक्रमित घट्न थालेका छन्। यद्यपि, संक्रमित हुनेको संख्या ५ प्रतिशतभन्दा माथि नै छ।

पछिल्लो २४ घण्टामा ६ हजार ५ सय नयाँ संक्रमित दिल्लीमा थपिएका छन्। यस्तै, पोजेटिभ हुने दर ११ प्रतिशतबाट १० प्रतिशतमा झरेको छ।

  • No tags available
प्रकाशित मिति : २०७८ जेठ २ गते आइतबार