19 April 2024  |   शुक्रबार, बैशाख ७, २०८१

देशभर थपिए ८,१६७ संक्रमित

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, जेष्ठ २, २०७८  

कोहलपुर ।

नेपालमा पछिल्लो २४ घण्टामा शनिबार थप ८ हजार १६७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । १७ हजार ९७१ नमुनाको पीसीआर परीक्षण गर्दा ८ हजार ४६ जना र ५७७ जनाको एन्टिजेन परीक्षण गर्दा १२१ जनामा कोरोना संक्रमण देखिएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ४ लाख ४७ हजार ४ पुगेको छ । तीमध्ये पछिल्लो २४ घण्टामा ५ हजार ४५५ सहित हालसम्म ३ लाख ३३ हजार १०८ जना निको भएका छन् ।

हाल देशभर सक्रिय संक्रमित १ लाख ९ हजार ७४० जना रहेका छन् । जसमध्ये होम आइसोलेसनमा १ लाख १ हजार ७७१ जना छन् भने ७ हजार ९६९ जना संस्थागत आइसोलेसनमा छन् ।

कोरोनाका बिरामीमध्ये १ हजार ३३१ जनाको आईसीयू र ३७० जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । संक्रमणबाट यो अवधिमा थप १८७ जनाको मृत्यु भएको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट मृत्यु हुनेको संख्या ४ हजार ८५६ पुगेको छ । मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा मात्रै २ हजार ९३७ जना कोरोना संक्रमित थपिएका थिए ।

जसमा काठमाडौंका २ हजार १४६, ललितपुरका ४४४ र भक्तपुरका ३४७ जना रहेका छन् । यस्तै बाँकेमा ५०५, रुपन्देहीमा ४९५, कैलालीमा ४४३, मोरङमा ३५४, बर्दियामा २७८, दाङमा २७५, मकवानपुर १९८, सुर्खेतमा १८५ तथा कञ्चनपुरमा १८४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

झापामा १७३, धनुषामा ११८, पर्सामा १०४, म्याग्दीमा १०३, सुनसरीमा ९९, तनहुँमा ८०, नुवाकोटमा ७९, काभ्रेमा ७० तथा दैलेखमा ७८ जना संक्रमित थपिएको मन्त्रालयले जारी गरेको तथ्यांकमा उल्लेख रहेको छ । यसैगरी महोत्तरीमा थप ७१, डोटीमा ६२, गोरखामा ५९, सप्तरीमा र रामेछापमा ५८÷५८ जनामा कोरोना संक्रमण देखिएको थियो ।

प्रकाशित मितिः आइतवार, जेष्ठ २, २०७८     9:02:59 AM  |